November 12, 2009

cobweb

Balahma Maiju: Download this song
Thaha Chhaina Kahile Kahan: Download this song
Tarki Tarki Jane Timi: Download this son
Prit Ko Nasha Yo:  Download this song
Pareli Ma: Download this song
Na Maya Launu:  Download this song
Mero Jeevan:  Download this song
Maryo Ni Maryo Ni: Download this son
Kasai Ko Maya Ma Parema: Download this song.
Jiune Hodbazima :Download this song



 
 
 

November 03, 2009

after sex scandle बिहे गरिन् पूजा लामाले

after sex scandle बिहे गरिन् पूजा लामाले
सेक्स भिडियो सार्वजनिक भएपछि आइतबार बिहान ९ बजे निर्णय गरेर अपराह्न ३ बजे बिहे गरिन् मोडल एवं नायिका पूजाले
अश्लील भिडियो सार्वजनिक भएपछि विवादमा आएकी नायिका पूजा लामाले नाटकीय रूपमा बिहे गरेकी छिन् । भिडियोमा देखिने शिशिर र पूजाले आइतबार भद्रकाली मन्दिरमा पारम्परिक रूपमा बिहे मात्र गरेनन्, शालीन शैलीमा पत्रकारहरूलाई प्रतिक्रिया दिएर भिडियो 'स्क्यान्डल' समाप्त पारिदिएका छन् ।

पूजा र उनका ब्यायफ्रेन्डको सहवासको भिडियो सार्वजनिक भएको समाचार आइतबार नयाँ पत्रिकाले छापेको थियो । पत्रिका बिहान बजारमा आएपछि शिशिर सिङताङ र पूजा लामाले तत्कालै बिहे गर्ने खबर आएको थियो ।

समाचार संकलन गर्न अपराह्न दुई बजे भद्रकाली पुगेका पत्रकारहरूलाई पनि पूजा बिहेका लागि आउँदै छिन् भन्ने विश्वास थिएन । तर, समाचार छुटिहाल्ला कि भनेर मन्दिर पुगेका पत्रकार तब आश्चर्यमा परे जब पूजा चढेको गाडी मन्दिरको अगाडि आएर टक्क रोकियो ।

गाडीबाट दुईजना ओर्लिएलान् भन्ने पत्रकारहरूको अनुमान थियो । दुईजना त ओर्लिए, तर पुरुष थिएनन् । बेहुलीको रूपमा आएकी पूजाका साथमा गायिका निशा सुनुवार थिइन् ।

पूजा रातो पछ्यौरामा ढाकिएर रातै सारीमा सजिएर मुस्कुराउँदै आइरहेकी थिइन् । मन्दिर परिसरमा छिरेदेखि नै उनी हाँसिरहेकी थिइन् ।

पूजा मन्दिर परिसरमा आएपछि उनका भिनाजु मनोज 'रिसिभ' गर्न पुगेका थिए । पूजा मन्दिरमा छिर्नासाथ मनोजले नजिकै रहेको फूलपसलबाट पूजाका सामान, नरिवल र दुईवटा माला किने जसको कुल मूल्य थियो ८० रुपैयाँ ।

भिनाजु सामान किनिरहेका थिए, पूजा हाँस्दै पसलछेउमै उभिएकी थिइन् । बेहुली पूजा त आइन् तर बेहुला अझै देखिएनन् ।

सिनेमा र टेलिभिजनका पर्दामा तथा प्रत्यक्ष रूपमा देखेका सञ्चारकर्मीहरू भन्दै थिए, 'पूजा त बेहुली रहिछन्, तर उनलाई बिहे गर्ने केटोचाहिँ कुन हो ?' प्रश्न अनेक थिए, अनुमान अनेक थिए ।

अनुमान चिर्दै १० मिनेटपछि आए शिशिर सिङताङ । स्ट्राइप कालोसुटमा सजिएका युवक हाँस्दै मन्दिर परिसरमा आए । उनै थिए पूजासँगै अश्लील भिडियोमा देखिने युवा शिशिर सिङताङ । शिशिर मन्दिरमा आउनासाथ पूजाको नजिकै गए, देब्रे गालामा किस खाए । प्रस्ट भयो, दुलाहा यिनै हुन् ।

पूजा र शिशिर दुवै अंगालो मार्दै मन्दिरतिर लागेपछि उनीहरू सञ्चारकर्मीको घेराउमा परे । दनादन क्यामेराहरू चल्न थाले । दुवै हाँस्दै-हाँस्दै मन्दिरभित्र छिरे ।

मन्दिर प्रवेशलगत्तै दुवै पूजामा जुटे । शिशिरले नरिवल फुटाए, पूजाले धूप बालिन् । दुवैले करिब चार मिनेटजति मन्दिरमा पूजा गरे । पूजा गर्दा पनि दुवै मुस्काइरहेका थिए । मन्दिर चारैतिर सञ्चारकर्मीबाट घेरिएको थियो, केन्द्रमा थिए पूजा र शिशिर ।

पूजा र शिशिरलाई केही आफन्तहरूले सहयोग गरिरहेका थिए ।

अपराह्न ३:१४ मा शिशिरले पूजालाई औंठी लगाइदिए । पूजा हल्का लजाइन् । तर, उनले पनि शिशिरलाई औंठी लगाइदिइन् । शिशिरले थालीमा रहेको सिन्दुर झिकेर पूजाको सिउँदो रंगाइदिँदा पूजाको मुहारको रंग बदलियो । उनी केही 'सिरियस' देखिइन् । तर, लगत्तै शिशिरले कोटको गोजीबाट मंगलसूत्र निकालेर लगाइदिए । सबैले ताली बजाए ।

अब पालो पूजाको । उनले माला निकालिन् र शिशिरको गलामा पहिर्‍याइदिइन् । खादा लगाइदिइन् अनि निहुरेर शिशिरको खुट्टा ढोगिन् । अब लजाउने पालोचाहिँ शिशिरको आयो । पूजाले खुट्टा ढोग्दा उनी लजाए । अनि कुममा समातेर पूजालाई उठाएर अंगालो मारे ।

३:२० मा दुवै मन्दिर परिसरबाट बाहिरिएपछि सञ्चारकर्मीले घेरिहाले । सञ्चारकर्मीले प्रश्न तेस्र्याउन थालिहाले, 'हतारमा विवाह गर्नुभयो, भिडियो सार्वजनिक भएर हो ?' पूजा केही बोल्न खोजिन् तर अक्मकाउँदै शिशिरलाई हेरिन् । अनि शिशिरले सञ्चारकर्मीलाई भने, 'जे प्रश्न सोध्ने हो मलाई सोध्नुहोला, उनी अब मेरी श्रीमती भइसकिन्, सबै प्रश्नको उत्तर म दिन्छु ।'

शिशिरले पूजासँग एक वर्षदेखि आफ्नो अफेयर चलेको बताए । उनले भने, 'उनी र म एक वर्षदेखि सँगै छौँ । हामी बिहे गर्ने योजनामै थियौँ, ६ महिना अगाडि हाम्रो इन्गेजमेन्ट भइसकेको थियो ।'

पत्रकार पंक्तिबाट अर्को प्रश्न आयो- भिडियोलाई झापड दिन बिहे गर्नुभएको हो ? पूजाले भनिन्, 'तपाईंलाई कस्तो लाग्छ ?' शिशिरले बीचमै उत्तर दिए, 'हो, यस ।'

शिशिरले आफू २९ वर्ष पुगेको र डिजेको रूपमा काम गरिरहेको बताए । अहिले विशालनगरमा बस्दै आएको बताउँदै उनले पूजालाई आफ्नै निवासमा भित्र्याउने बताए । उनले भने, 'हुन त उनलाई पहिला नै घरमा भित्र्याइसकेको छु, आज फेरि भित्र्याउँछु ।'

पत्रकारहरूसँग कुरा गर्दा पनि दुवैजनाले अंगालो मारेकै थिए । सञ्चारकर्मीले प्रश्न सोधेपछि पूजा पुलुक्क शिशिरको मुहारमा हेर्थिन् । शिशिर उत्तर दिन्थे ।

पूजाले आफ्नो बिहे हुने कुरा आइतबार बिहान मात्र जानकारी भएको बताइन् । हाँस्दै उनले भनिन्, 'हतारमा बिहे भयो । आज मेरो बिहे हुने रे भन्ने मैले त बिहान मात्र चाल पाएँ ।'

पूजाले दुवैको परिवार विवाहका लागि राजी भए पनि केही समयपछि मात्र बिहे गर्ने योजना रहेको सुनाइन् । कतार एयरवेजमा एयरहोस्टेसको रूपमा काम गरिरहेकाले आफूले बिहेको समय केही पर सार्न खोजेको तर अहिले अचानक बिहे गर्नुपरेको बताइन् । 'बिहेपछि एयरहोस्टेसको रूपमा काम गर्न नपाइने रहेछ । त्यसैले शिशिरले बिहे गर्न कर गर्दा पनि मैले मानेकी थिइनँ,' उनले भनिन् । तर, अचानक बिहे भए पनि आफू निक्कै खुसी भएको बताइन् । उनले भनिन्, 'हामीले जे गर्दा उचित हुन्छ लाग्यो, त्यही गर्‍यौँ ।'

पूजा र शिशिर दुवै आफ्नाबारेमा राम्रो कुरा लेखिदिन सञ्चारकर्मीहरूसित आग्रह गरिरहेका थिए । दुवैले भनिरहेका थिए, 'कति नराम्रो कुरा मात्र लेख्नुहुन्छ, आज चैं राम्रो लेखिदिनु है ।'

सार्वजनिक भएको भिडियो क्लिपबारे दुवैजना त्यति खुलेनन् । पूजा प्रायः मौन नै बसिन् भने शिशिर अब आफूहरू श्रीमान्-श्रीमती भएको बताइरहेका थिए ।

पूजा र शिशिरसँग पत्रकारको कुराकानी चलिरहेको वेला केही पर पूजाकी पि्रय साथी भएको दाबी गर्दै गायिका निशा सुनुवार भिडियो क्लिपको बारेमा जानकारी दिँदै थिइन् । उनले सञ्चारकर्मीमाझ भनिन्, 'उनीहरू दुवै पहिलादेखि नै एक-अर्कालाई निकै माया गर्थे । दुवै सँगै बस्दै आएका थिए । एक दिन शिशिरले भिडियो खिचौँ भनेछन्, पूजाले पनि हुन्छ भनेपछि दुवैले सहमतिमा मोबाइलबाट भिडियो खिचेपछि डिलेट गरेका थिए रे । तर, अचानक सार्वजनिक भयो ।'

पूजालाई दिदी भन्ने प्रितम पाण्डेले दिदीको मोबाइलमा राम्रा-राम्रा गीत छन्, म सार्छु भनेर मोबाइल लगेपछि गीत सार्दा डिलेट भयो भनिएको भिडियो पनि मेमोरीकार्डबाट सरेको उनले बताइन् । निशाका अनुसार सार्वजनिक भएको भिडियोमा अनुहार नदेखिएको पुरुष शिशिर नै हुन् ।

सञ्चारकर्मीसितको कुराकानीपछि दुवै मन्दिर परिसरमा रहेका आफन्तहरूसित आशीर्वाद लिन थाले । विवाह समारोहमा कलाकारहरू त्यति देखिएनन् । नायक कृष्ण मल्ल भने मन्दिर परिसरमा आएर दुवैलाई आशीर्वाद पनि दिए । उनले सफल दाम्पत्य जीवनको शुभकामना दिए । बिहेमा शिशिरकी आमा पनि आएकी थिइन् ।

करिब ३:४६ मा बेहुला-बेहुली मन्दिर परिसरबाट बाहिरिए । दुवै हात हल्लाउँदै सिल्भर कलरको बा३च ८७०४ नम्बरको कार चढेर सहिदगेटतिर हुइँकिए ।

पूजा आफ्ना विभिन्न कामले पटक-पटक विवादमा आइरहने पात्र हुन् । दार्जिलिङबाट काठमाडौं आएकी पूजा नेपाली ग्लामर क्षेत्रमा स्थापित मात्र भइनन्, प्रेमप्रसंगका लफडाले पनि विवादमा छाइरहिन् ।

पूजा पहिलोपटक रिमा गुरुङको नजरको दोषी बनी ए साइँला... बोलको गीतको भिडियोमा अभिनय गरेर चर्चामा आएकी थिइनू् । उनी नारायण पुरीको पापी फिल्मबाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । उनले हालै दीपक रायमाझीको चलचित्र लभ स्टोरी २०६६ मा अभिनय गरेकी छिन् ।

नायिका तथा गायिका पूजाले शिशिरसँग गरेको बिहे दोस्रो हो । यसअघि विराज लोप्चनसित उनको बिहे भएको थियो । विवाह भएको करिब सात महिनामै दुवैबीच सम्बन्धविच्छेद भएपछि दुवै छुट्टै बस्दै आएका थिए । लोप्चन र पूजाको एक छोरा छन् । पूजाका सात वर्षीय छोरा प्रशान्त दार्जिलिङमा पढ्दै छन् ।

पूजा चलचित्रकर्मी दिनेश डिसीसँगको सम्बन्धको कारण एकताका चर्चामा आएकी थिइन् । दिनेशले बिहे गर्ने आश्वासन दिएर आफूलाई फसाएको भन्दै महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा उजुरीसमेत दिएकी थिइन् । दिनेशले उपेक्षा गरेको भन्दै उनले असोज ०६३ मा अत्यधिक मात्रामा स्लिपिङ ट्याबलेट खाएर आत्महत्याको प्रयास गरेकी थिइन् । परिवारका सदस्यले समयमै चाल पाएर वीर अस्पताल लगेर उनलाई बचाएका थिए ।

पूजा लामाको पनि अश्लील भिडियोपूजा लामाको पनि अश्लील भिडियो

nepali top model and singer sex scandle
मोडलबाट नायिका हुँदै गायिका भएकी पूजा लामाको अश्लील भिडियोले अपहरणसम्मको 'स्क्यान्डल' मच्चाएको छ । पूजाको अश्लील भिडियो सार्वजनिक गरेको भन्दै अपहरणमा परेका एक युवालाई प्रहरीले शुक्रबार मुक्त गरेको छ ।

पापी फिल्मबाट नायिकाको रूपमा उदाएकी पूजाले पछिल्लोपटक दीपक रायमाझीको नयाँ फिल्म 'लभ स्टोरी २०६६' मा अभिनय गरेकी छिन् । सामयिक 'म्युजिक भिडियो इन्डस्ट्री' चल्तीकी मोडल पूजाले पछिल्लो समयमा गीत पनि गाएकी छिन् ।

उनै मोडल, नायिका, गायिका पूजाले आफ्नो प्रेमीसँग गरेको यौनसम्पर्कको भिडियो भन्दै अहिले मोबाइलबाट मोबाइलमा फरवार्ड भइरहेको छ ।

एक मिनेट २३ सेकेन्डको सो भिडियोमा युवती हातमा कप लिएर केही (सम्भवतः कफी) पिइरहेकी देखिन्छिन् । संवाद र वातावरण हेर्दा यो बिहानको दृश्य हो । कोठाको भित्तामा पूजाकै ब्लोअप तस्बिर देखिन्छ । अश्लील भिडियोमा युवतीको पूरै शरीर देखिन्छ, तर युवकको यौनांग मात्र ।

पुरुषले युवतीलाई 'गुडमर्निङ माई लभ' भन्छन् । पुरुषको उत्तेजित यौनांग देखेर रमाउँदै युवती भन्छिन्, 'ओ अल्वेज स्ट्यान्डबाई ।' पुरुष पनि भन्छन्, 'आँच, क्या दियो ।' संवादपछि दुवैजना खित्का छाड्छन् । त्यसपछि युवतीले मुखमैथुन सुरु गर्छिन् । भिडियो सकिन्छ ।

भिडियोमा युवतीले वेलावेलामा क्यामेरातिर हेरेर रमाएको स्पष्ट देखिन्छ । भिडियोले स्पष्ट भन्छ, उनीहरूले राजीखुसी यौनसम्पर्क राखेका हुन्, राजीखुसीले नै भिडियो खिचेका हुन् ।
संवाददाताको मोबाइलबाट पूजाको मोबाइलमा एसएमएस ः म नयाँ पत्रिका दैनिकबाट लक्ष्मण सुवेदी । तपाईंसँग कुरा गर्न चाहन्छु । फोन गर्नुहोला अथवा रिसिभ गर्नुहोला ।

७:१५ मा संवाददाताको मोबाइलबाट पूजाको मोबाइलमा पुनः डायल । पूजा मोबाइल उठाउँछिन् ।

पूजा : हेलो ।

संवाददाता : हेलो, म नयाँ पत्रिकाबाट लक्ष्मण सुवेदी ।

पूजा : अँ, तपाईंको म्यासेज हेरेकी मात्र थिएँ । फोन आइहाल्यो ।

संवाददाता : पूजाजी, तपाईंको भन्दै अश्लील भिडियो बजारमा आएको छ, के हो कुरा बुझौँ भनेर ।

पूजा : हो, यसबारेमा मलाई सबै थाहा छ । तपाईंहरूले पनि हेरिसक्नुभयो होला, तर त्यो भिडियो मेरो होइन ।

संवाददाता : तर भिडियोमा त तपाईं स्पष्ट देखिनुभएको छ, कोठाको भित्तामा तपाईंकै फोटो छ, ........ ?

पूजा : होइन, यसबारेमा अहिले म कुरा गर्न नसक्ने ठाउँमा छु । भोलि डिटेलमा बताउँछु नि है, दस-एघार बजेतिर भेटेर कुरा गरौँला नि ।

संवाददाता : तर यो कुरा त आजै व्यापक भइसक्यो, तपाईंको संक्षिप्त प्रतिक्रिया राखौँ भनेर ।

पूजा : भोलि नै गरौँ न । अहिले म कुरा गर्न नमिल्ने ठाउँमा छु ।

संवाददाता : अहिले कुरा गर्न अप्ठ्यारो छ भने एक घन्टापछि फोन गरौँ ?

पूजा: एक घन्टापछि त रात परिसक्छ ।

संवाददाता : रात परे पनि फोनमा कुरा गर्नर् के हुन्छ र ?

पूजा : हैन क्या, म अहिले घरमा फ्यामिलीसँग छु । त्यसैले आज कुरा गर्न मिल्दैन ।

संवाददाता : तर तपाईंले आफ्नो पक्षमा कुरा आजै पनि राख्न सक्नुहुन्छ । तर, तपाईंले चाहनुहुन्छ भने मात्र ।

पूजा : हैन म यसबारेमा भोलि नै भेटेर डिटेलमा भन्छु । अहिले मिल्दैन ।

संवाददाता : तर त्यो भिडियो तपाइंको होइन भने अरू 'डिटेल' कुरा गर्न केही बाँकी हुन्छ र ?

पूजा : होइन, यसबारेमा धेरै कुरा छ । भोलि नै गरौँ न है बाइ....

फोन कटियो ।

शनिबार :

२ बजेसम्म पूजाको फोन आएन ।

२ बजेपछि नयाँ पत्रिकाबाट लगातार आठपटक फोन डायल । केही फोन काटिए, अरू उठेनन् ।

साँझ ६:३२ मा नयाँ पत्रिकाबाट पूजा लामाको मोबाइलमा पुनः डायल । फोन उठ्यो, तर सुनियो कुनै पुरुषको आवाज ।

उताबाट: हेलो, को बोलेको ?

यताबाट : म नयाँ पत्रिकाबाट । यो पूजाजीको मोबाइल होइन ?

उताबाट : हो, के काम छ ?

यताबाट : तपाईं को बोल्नुभयो होला ? मैले त पूजाजीलाई खोजेको ।

उताबाट : पूजाको मोबाइल मसँग छ । के काम छ, मलाई भन्नोस् ।

यताबाट : तपाईं को हो नि ?

उताबाट : म....... पूजाको ब्यायफ्रेन्ड ।

यताबाट : तपाईंको नाम के होला ? परिचय त चाहियो नि कुरा गर्न ।

उताबाट : म शिशिर ।

यताबाट : शिशिर..., थर नि ?

उताबाट : नाम, थर सबै किन ? कामको कुरा गर्नोस् न ।

यताबाट : पूजाजीको भिडियोबारेमा मैले हिजो पनि कुरा गरेको थिएँ, आज भेटेर कुरा गरौँला भन्नुभएको थियो । फोन आएन । मैले फोन गर्दा पनि सम्पर्क भएन । त्यही भिडियोबारे बुझौँ भनेर ।

उताबाट : के भिडियो ?

यताबाट : त्यही बजारमा आएको अश्लील भिडियो ।

उताबाट : यसबारे अहिले कुरा नगरौँ, भोलि भेटौँला ।

यताबाट : पूजाजीलाई पाऊँ न त, उहाँसँग छोटै भए पनि कुरा गरौँ न ।

उताबाट : होइन, भोलि नै कुरा गरौँला । फोन काटियो ।


यही भिडियो सार्वजनिक भएपछि पूजाका ब्यायफ्रेन्ड शिशिर (प्रशन)ले माओवादी कार्यकर्ताको सहयोगमा शुक्रबार पि्रतम पाण्डेलाई अपहरण गराएका थिए । प्रहरी स्रोतका अनुसार पूजा र पि्रतम साथी हुन् । पूजाले मोबाइलबाट गीत सार्न दिँदा प्रितमले भिडियो पनि सारेको आरोप पूजाको छ ।

भिडियो सारेको मात्र होइन, सार्वजनिकसमेत गरेको आरोप लगाउँदै पूजाका ब्यायफ्रेन्डले शिशिरले आफ्नो चिनजानमा रहेको माओवादी कार्यकर्ताबाट प्रितमलाई अपहरण गर्न लगाएका थिए । विवादमा आएपछि आफूलाई शिशिर भनेर चिनाउने प्रशन एक एफएमका कार्यक्रम प्रस्तोता रहेको प्रहरी स्रोतको दाबी छ ।

पि्रतमलाई माओवादीको स्वयम्भुमा रहेको १५ नम्बर सम्पर्क कार्यालयमा लगेर राखिएको थियो । जानकारी आएपछि शुक्रबार नै महानगरीय प्रहरी प्रभाग लैनचौरको टोलीले माओवादी कार्यालयमा छापा मारेर पाण्डेलाई मुक्त गराएको थियो ।

प्रहरीले पाण्डेसहित शिशिर भनिने प्रशनसहित पूजालाई पनि कार्यालयमा बोलाएर छलफल गर्न खोजेको थियो । तर, पूजाले आफ्नो प्रतिनिधि (ब्यायफ्रेन्ड) छ भन्दै नआउने जानकारी गराएकी थिइन् ।

पूजाको तर्फबाट बोल्दै उनका ब्यायफ्रेन्ड प्रशनले पूजाको मोबाइलका गीत सार्ने क्रममा पि्रतमले भिडियो पनि सारेको र सार्वजनिक गरेको दाबी गरेका थिए । उनले अर्कैको भिडियोलाई कम्प्युटरबाट 'म्यानुपुलेट' गरेर पूजालाई बदनाम गर्न खोजेको आरोप पनि लगाएका थिए ।

तर, लैनचौर प्रहरी कार्यालयमा भएको छलफलपछि हाम्रो कुरा मिल्यो भन्दै दुवै पक्ष हिँडेको प्रहरी निरीक्षक रुगमबहादुर कुँवरले बताए । 'अश्लील भिडियो विवादमा अपहरण र उद्धारपछि कार्यालयमा राखेर छलफल गरियो,' उनले भने, 'तर दुवै पक्षले यो विवाद नबढाउने भनेपछि मुक्त गरियो ।'

यता नायिका पूजाले सो सेक्स भिडियो आफ्नो नभएको बताएकी छिन् । 'मलाई सबै कुरा थाह छ, यसबारेमा म अहिले केही भन्न सक्दिनँ,' शुक्रबार साँझ पत्रिकासँग संक्षिप्त कुरा गर्दै उनले भनिन्, 'भोलि दस-एघार बजेतिर भेटेर डिटेलमा बताउँछु, ।'

तर, शनिबार उनी सम्पर्कमा आइनन् । बारम्बार फोन गर्दा पनि उनले फोन उठाइनन् । उनीसँग सम्पर्क गर्ने प्रयास दिनभर सफल हुन सकेन । साँझ उनको मोबाइल उठ्यो । तर, उताबाट पुरुष आवाज आयो ।

ती पुरुषले आफू पूजाको ब्वायफ्रेन्ड भएको बताउँदै के कुरा गर्नु छ मसँग गर्नुस् भने । उनले भने, 'म पूजाको ब्वायफ्रेन्ड हुँ । उसको मोबाइल अहिले मसँग छ । जे कुरा गर्नु छ मसँग सोध्नुस् ।' उनले आफ्नो थर बताउन नचाहे पनि नाम भने शिशिर बताए । सेक्स भिडियोको बारेमा जिज्ञासा राख्दा उनले भोलि भेटेर कुरा गरौँला भने । उनले भने, 'म तपाईंलाई भोलि फोन गर्छु । भेटेर कुरा गरौँला नि ।' फोन काटियो
sources: naya patrika

Followers

 

Copyright © 2009 by music club