November 03, 2009

after sex scandle बिहे गरिन् पूजा लामाले

after sex scandle बिहे गरिन् पूजा लामाले
सेक्स भिडियो सार्वजनिक भएपछि आइतबार बिहान ९ बजे निर्णय गरेर अपराह्न ३ बजे बिहे गरिन् मोडल एवं नायिका पूजाले
अश्लील भिडियो सार्वजनिक भएपछि विवादमा आएकी नायिका पूजा लामाले नाटकीय रूपमा बिहे गरेकी छिन् । भिडियोमा देखिने शिशिर र पूजाले आइतबार भद्रकाली मन्दिरमा पारम्परिक रूपमा बिहे मात्र गरेनन्, शालीन शैलीमा पत्रकारहरूलाई प्रतिक्रिया दिएर भिडियो 'स्क्यान्डल' समाप्त पारिदिएका छन् ।

पूजा र उनका ब्यायफ्रेन्डको सहवासको भिडियो सार्वजनिक भएको समाचार आइतबार नयाँ पत्रिकाले छापेको थियो । पत्रिका बिहान बजारमा आएपछि शिशिर सिङताङ र पूजा लामाले तत्कालै बिहे गर्ने खबर आएको थियो ।

समाचार संकलन गर्न अपराह्न दुई बजे भद्रकाली पुगेका पत्रकारहरूलाई पनि पूजा बिहेका लागि आउँदै छिन् भन्ने विश्वास थिएन । तर, समाचार छुटिहाल्ला कि भनेर मन्दिर पुगेका पत्रकार तब आश्चर्यमा परे जब पूजा चढेको गाडी मन्दिरको अगाडि आएर टक्क रोकियो ।

गाडीबाट दुईजना ओर्लिएलान् भन्ने पत्रकारहरूको अनुमान थियो । दुईजना त ओर्लिए, तर पुरुष थिएनन् । बेहुलीको रूपमा आएकी पूजाका साथमा गायिका निशा सुनुवार थिइन् ।

पूजा रातो पछ्यौरामा ढाकिएर रातै सारीमा सजिएर मुस्कुराउँदै आइरहेकी थिइन् । मन्दिर परिसरमा छिरेदेखि नै उनी हाँसिरहेकी थिइन् ।

पूजा मन्दिर परिसरमा आएपछि उनका भिनाजु मनोज 'रिसिभ' गर्न पुगेका थिए । पूजा मन्दिरमा छिर्नासाथ मनोजले नजिकै रहेको फूलपसलबाट पूजाका सामान, नरिवल र दुईवटा माला किने जसको कुल मूल्य थियो ८० रुपैयाँ ।

भिनाजु सामान किनिरहेका थिए, पूजा हाँस्दै पसलछेउमै उभिएकी थिइन् । बेहुली पूजा त आइन् तर बेहुला अझै देखिएनन् ।

सिनेमा र टेलिभिजनका पर्दामा तथा प्रत्यक्ष रूपमा देखेका सञ्चारकर्मीहरू भन्दै थिए, 'पूजा त बेहुली रहिछन्, तर उनलाई बिहे गर्ने केटोचाहिँ कुन हो ?' प्रश्न अनेक थिए, अनुमान अनेक थिए ।

अनुमान चिर्दै १० मिनेटपछि आए शिशिर सिङताङ । स्ट्राइप कालोसुटमा सजिएका युवक हाँस्दै मन्दिर परिसरमा आए । उनै थिए पूजासँगै अश्लील भिडियोमा देखिने युवा शिशिर सिङताङ । शिशिर मन्दिरमा आउनासाथ पूजाको नजिकै गए, देब्रे गालामा किस खाए । प्रस्ट भयो, दुलाहा यिनै हुन् ।

पूजा र शिशिर दुवै अंगालो मार्दै मन्दिरतिर लागेपछि उनीहरू सञ्चारकर्मीको घेराउमा परे । दनादन क्यामेराहरू चल्न थाले । दुवै हाँस्दै-हाँस्दै मन्दिरभित्र छिरे ।

मन्दिर प्रवेशलगत्तै दुवै पूजामा जुटे । शिशिरले नरिवल फुटाए, पूजाले धूप बालिन् । दुवैले करिब चार मिनेटजति मन्दिरमा पूजा गरे । पूजा गर्दा पनि दुवै मुस्काइरहेका थिए । मन्दिर चारैतिर सञ्चारकर्मीबाट घेरिएको थियो, केन्द्रमा थिए पूजा र शिशिर ।

पूजा र शिशिरलाई केही आफन्तहरूले सहयोग गरिरहेका थिए ।

अपराह्न ३:१४ मा शिशिरले पूजालाई औंठी लगाइदिए । पूजा हल्का लजाइन् । तर, उनले पनि शिशिरलाई औंठी लगाइदिइन् । शिशिरले थालीमा रहेको सिन्दुर झिकेर पूजाको सिउँदो रंगाइदिँदा पूजाको मुहारको रंग बदलियो । उनी केही 'सिरियस' देखिइन् । तर, लगत्तै शिशिरले कोटको गोजीबाट मंगलसूत्र निकालेर लगाइदिए । सबैले ताली बजाए ।

अब पालो पूजाको । उनले माला निकालिन् र शिशिरको गलामा पहिर्‍याइदिइन् । खादा लगाइदिइन् अनि निहुरेर शिशिरको खुट्टा ढोगिन् । अब लजाउने पालोचाहिँ शिशिरको आयो । पूजाले खुट्टा ढोग्दा उनी लजाए । अनि कुममा समातेर पूजालाई उठाएर अंगालो मारे ।

३:२० मा दुवै मन्दिर परिसरबाट बाहिरिएपछि सञ्चारकर्मीले घेरिहाले । सञ्चारकर्मीले प्रश्न तेस्र्याउन थालिहाले, 'हतारमा विवाह गर्नुभयो, भिडियो सार्वजनिक भएर हो ?' पूजा केही बोल्न खोजिन् तर अक्मकाउँदै शिशिरलाई हेरिन् । अनि शिशिरले सञ्चारकर्मीलाई भने, 'जे प्रश्न सोध्ने हो मलाई सोध्नुहोला, उनी अब मेरी श्रीमती भइसकिन्, सबै प्रश्नको उत्तर म दिन्छु ।'

शिशिरले पूजासँग एक वर्षदेखि आफ्नो अफेयर चलेको बताए । उनले भने, 'उनी र म एक वर्षदेखि सँगै छौँ । हामी बिहे गर्ने योजनामै थियौँ, ६ महिना अगाडि हाम्रो इन्गेजमेन्ट भइसकेको थियो ।'

पत्रकार पंक्तिबाट अर्को प्रश्न आयो- भिडियोलाई झापड दिन बिहे गर्नुभएको हो ? पूजाले भनिन्, 'तपाईंलाई कस्तो लाग्छ ?' शिशिरले बीचमै उत्तर दिए, 'हो, यस ।'

शिशिरले आफू २९ वर्ष पुगेको र डिजेको रूपमा काम गरिरहेको बताए । अहिले विशालनगरमा बस्दै आएको बताउँदै उनले पूजालाई आफ्नै निवासमा भित्र्याउने बताए । उनले भने, 'हुन त उनलाई पहिला नै घरमा भित्र्याइसकेको छु, आज फेरि भित्र्याउँछु ।'

पत्रकारहरूसँग कुरा गर्दा पनि दुवैजनाले अंगालो मारेकै थिए । सञ्चारकर्मीले प्रश्न सोधेपछि पूजा पुलुक्क शिशिरको मुहारमा हेर्थिन् । शिशिर उत्तर दिन्थे ।

पूजाले आफ्नो बिहे हुने कुरा आइतबार बिहान मात्र जानकारी भएको बताइन् । हाँस्दै उनले भनिन्, 'हतारमा बिहे भयो । आज मेरो बिहे हुने रे भन्ने मैले त बिहान मात्र चाल पाएँ ।'

पूजाले दुवैको परिवार विवाहका लागि राजी भए पनि केही समयपछि मात्र बिहे गर्ने योजना रहेको सुनाइन् । कतार एयरवेजमा एयरहोस्टेसको रूपमा काम गरिरहेकाले आफूले बिहेको समय केही पर सार्न खोजेको तर अहिले अचानक बिहे गर्नुपरेको बताइन् । 'बिहेपछि एयरहोस्टेसको रूपमा काम गर्न नपाइने रहेछ । त्यसैले शिशिरले बिहे गर्न कर गर्दा पनि मैले मानेकी थिइनँ,' उनले भनिन् । तर, अचानक बिहे भए पनि आफू निक्कै खुसी भएको बताइन् । उनले भनिन्, 'हामीले जे गर्दा उचित हुन्छ लाग्यो, त्यही गर्‍यौँ ।'

पूजा र शिशिर दुवै आफ्नाबारेमा राम्रो कुरा लेखिदिन सञ्चारकर्मीहरूसित आग्रह गरिरहेका थिए । दुवैले भनिरहेका थिए, 'कति नराम्रो कुरा मात्र लेख्नुहुन्छ, आज चैं राम्रो लेखिदिनु है ।'

सार्वजनिक भएको भिडियो क्लिपबारे दुवैजना त्यति खुलेनन् । पूजा प्रायः मौन नै बसिन् भने शिशिर अब आफूहरू श्रीमान्-श्रीमती भएको बताइरहेका थिए ।

पूजा र शिशिरसँग पत्रकारको कुराकानी चलिरहेको वेला केही पर पूजाकी पि्रय साथी भएको दाबी गर्दै गायिका निशा सुनुवार भिडियो क्लिपको बारेमा जानकारी दिँदै थिइन् । उनले सञ्चारकर्मीमाझ भनिन्, 'उनीहरू दुवै पहिलादेखि नै एक-अर्कालाई निकै माया गर्थे । दुवै सँगै बस्दै आएका थिए । एक दिन शिशिरले भिडियो खिचौँ भनेछन्, पूजाले पनि हुन्छ भनेपछि दुवैले सहमतिमा मोबाइलबाट भिडियो खिचेपछि डिलेट गरेका थिए रे । तर, अचानक सार्वजनिक भयो ।'

पूजालाई दिदी भन्ने प्रितम पाण्डेले दिदीको मोबाइलमा राम्रा-राम्रा गीत छन्, म सार्छु भनेर मोबाइल लगेपछि गीत सार्दा डिलेट भयो भनिएको भिडियो पनि मेमोरीकार्डबाट सरेको उनले बताइन् । निशाका अनुसार सार्वजनिक भएको भिडियोमा अनुहार नदेखिएको पुरुष शिशिर नै हुन् ।

सञ्चारकर्मीसितको कुराकानीपछि दुवै मन्दिर परिसरमा रहेका आफन्तहरूसित आशीर्वाद लिन थाले । विवाह समारोहमा कलाकारहरू त्यति देखिएनन् । नायक कृष्ण मल्ल भने मन्दिर परिसरमा आएर दुवैलाई आशीर्वाद पनि दिए । उनले सफल दाम्पत्य जीवनको शुभकामना दिए । बिहेमा शिशिरकी आमा पनि आएकी थिइन् ।

करिब ३:४६ मा बेहुला-बेहुली मन्दिर परिसरबाट बाहिरिए । दुवै हात हल्लाउँदै सिल्भर कलरको बा३च ८७०४ नम्बरको कार चढेर सहिदगेटतिर हुइँकिए ।

पूजा आफ्ना विभिन्न कामले पटक-पटक विवादमा आइरहने पात्र हुन् । दार्जिलिङबाट काठमाडौं आएकी पूजा नेपाली ग्लामर क्षेत्रमा स्थापित मात्र भइनन्, प्रेमप्रसंगका लफडाले पनि विवादमा छाइरहिन् ।

पूजा पहिलोपटक रिमा गुरुङको नजरको दोषी बनी ए साइँला... बोलको गीतको भिडियोमा अभिनय गरेर चर्चामा आएकी थिइनू् । उनी नारायण पुरीको पापी फिल्मबाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । उनले हालै दीपक रायमाझीको चलचित्र लभ स्टोरी २०६६ मा अभिनय गरेकी छिन् ।

नायिका तथा गायिका पूजाले शिशिरसँग गरेको बिहे दोस्रो हो । यसअघि विराज लोप्चनसित उनको बिहे भएको थियो । विवाह भएको करिब सात महिनामै दुवैबीच सम्बन्धविच्छेद भएपछि दुवै छुट्टै बस्दै आएका थिए । लोप्चन र पूजाको एक छोरा छन् । पूजाका सात वर्षीय छोरा प्रशान्त दार्जिलिङमा पढ्दै छन् ।

पूजा चलचित्रकर्मी दिनेश डिसीसँगको सम्बन्धको कारण एकताका चर्चामा आएकी थिइन् । दिनेशले बिहे गर्ने आश्वासन दिएर आफूलाई फसाएको भन्दै महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा उजुरीसमेत दिएकी थिइन् । दिनेशले उपेक्षा गरेको भन्दै उनले असोज ०६३ मा अत्यधिक मात्रामा स्लिपिङ ट्याबलेट खाएर आत्महत्याको प्रयास गरेकी थिइन् । परिवारका सदस्यले समयमै चाल पाएर वीर अस्पताल लगेर उनलाई बचाएका थिए ।

Comments :

0 comments to “after sex scandle बिहे गरिन् पूजा लामाले”

Post a Comment

 

Copyright © 2009 by music club